दमौली, ७ जेठ । दमौली बजारमा स्वरुप परिवर्तन, कागजपत्र नभएको र मादक पदार्थ सेवन गरी चलाएका आठ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले मंगलबार गरेको जॉचका क्रममा आठ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
त्यसक्रममा स्वरुप परिवर्तन गरी चलाउने चार वटा, कागजपत्र नभएका एक र १ मापसे गरी चलाएका तीन गरी जम्मा आठ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर नियम अनुसार कारबाही गरिएको जनाइएको छ ।