विपद्जन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि साढे ११ लाख विनियोजन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    विपद्जन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि साढे ११ लाख विनियोजन

    खबरपुञ्ज संवाददाता

    ७ जेष्ठ २०८२, बुधबार

    दमौली, ७ जेठ । व्यास नगरपालिकाले विपद्जन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि साढे एघार लाख बजेट विनियोजन गरेको छ ।

    विद्यमान समयमा विपदजन्य घटनाक्रम बढिरहेकाले विपदजन्य कार्यमा सहयोगी सामग्री खरिदका लागि विपद् कोषबाट खर्च हुने गरी साढे एघार लाख बजेट विनियोजन गरेको हो ।

    बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाको जग्गा वर्गीकरण प्रतिवेदन अनुमोदन गरी स्थानीय राजपत्रमा वर्गीकरण विवरण प्रकाशित गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।

    यस्तै नगरपालिकाको सामुदायिक विद्यालयका प्रधानाध्यापक नियुक्ति गर्नका लागि बाँकी केही सामुदायिक विद्यालयहरूमा प्रक्रिया पूरा गरी सिफारिस भइ आएकाले अनुमोदन गर्ने निर्णय गरेको उनको भनाइ छ ।