दमाैली, ११ जेठ । पृथ्वीराजमार्ग स्थित दमाैलीकाे मादी पुलबाट १२ वर्ष अगाडी यात्रुवाहक खस्दा ११ जनाकाे मृत्यु भएकाे थियाे । विसं २०७० असार २३ गते मादी पुलबाट बस खस्दा ११ जनाकाे मृत्यु भएकाे थियाे ।
पोखराबाट दमाैलीतर्फ आउँदै गरेको ना ४ ख ४६८४ नम्बरको यात्रुवाहक बस मादी नदीमा खस्दा दुर्घटनामा परी १० जना घाइते भएका थिए ।
१२ वर्ष पछि साेही ठाउँबाट शनिबार राति जिप खस्दा तीन जना युवाकाे ज्यान गएकाे छ । त्यस्तै दुई जना घाइते भएका छन् ।
फाइल तस्बिर