


तनहुँ, १५ कात्तिक । तनहुँमा सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा अभिवृद्धिका लागि सञ्चालन गरिएको सचेतना कार्यक्रममा १९५ वटा सवारी साधनका चालकलाई सचेत गराइएको छ।
कार्यक्रमअन्तर्गत ४३ वटा दुईपाङ्ग्रे, ५३ वटा साना चारपाङ्ग्रे र ९९ वटा ठूला सवारी साधनका चालकलाई सचेतना प्रदान गरिएको हो।
सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न, सडकमा सावधानी अपनाउन र सम्भावित दुर्घटनाबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।