दमाैली, २२ जेठ । विश्व वातावरण दिवसकाे अवसरमा तनहुँकाे भानु नगरपालिका-४ पुरनडिहीमा दुई सय बिरुवा राेपिएकाे छ । भानुभक्त जन्मस्थल विकास समितिले डिभिजन वन कार्यालयकाे सहयाेगमा ११ जातका दुई सय बिरुवा राेपेकाे हाे ।
कार्यक्रममा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे, सशस्त्र प्रहरी बल २३ नम्बर गण गणपति अशोक कुमार लम्साल, डिभिजन वन अधिकृत शरद कुमार अधिकारी लगायत सहभागी थिए ।
आदिकवि भानुभक्त आचार्यको जन्मस्थललाई हरियाली र पर्यावरणीय दृष्टिले समृद्ध बनाउन वृक्षारोपण कार्यक्रम गरिएकाे विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए ।