शुक्लागण्डकीको पर्यटन र कृषिको प्रवद्धन गर्दै नगर उद्योग बाणिज्य संघको भ्रमण सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीको पर्यटन र कृषिको प्रवद्धन गर्दै नगर उद्योग बाणिज्य संघको भ्रमण सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २२ जेष्ठ २०८२, बिहीबार

    दुलेगौंडा, २२ जेठ । शुक्लागण्डकी नगर उद्योग बाणिज्य संघको एक हप्ते अध्ययन अवलोकन भ्रमण–२०८२ सम्पन्न भएको छ । सोहि अवसरमा नगरले यस क्षेत्रका पर्यटकीयस्थल, स्थानीय रुपमा उत्पादित बस्तुबारे प्रचार प्रसार र प्रवद्धन समेत गरेको जनाएको छ ।

    उद्योग वाणिज्य संघ चितवन, दमक उद्योग बाणिज्य संघ झापा, उद्योग वाणिज्य संघ इटहरीका पदाधिकारी तथा सदस्यहरुसँग अन्तरक्रिया गरिएको थियो । साथै संघले गरेका सकारात्मक कार्यबारे एक आपसमा अन्तरक्रिया गरिएको महासचिव सुजन श्रेष्ठले जानकारी दिए ।

    उद्योग वाणिज्य संघ चितवनका कार्यवाहक अध्यक्ष अशोक अधिकारी, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीको नेतृत्वमा संघकै कार्यालय तथा सभा हलमा छलफल तथा अन्तरक्रिया भएको हो ।

    शुक्लागण्डकीका पर्यटकीय क्षेत्र, यहाँ उत्पादित बस्तु र सम्भावनाकाबारेमा उद्योग वाणिज्य संघसँग छलफल गरिएको संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जानकारी दिए । उनले भ्रमण फलदायी भएको उल्लेख गरे । सो अवसरमा शुक्लागण्डकीमै उत्पादित अर्गानिक मह सम्झानाको कोशेलीको रुपमा संघका पदाधिकारी तथा सदस्यहरुलाई प्रदान गरिएको थियो ।

    साथै यस क्षेत्रका पर्यटकीय, धार्मिक, ऐतिहासिक स्थल, होमस्टे समेटिएको तस्विर मायाको चिनोस्वरुप प्रदान गरिएको थियो । यसले यहाँ उत्पादित बस्तुको प्रचार प्रसार र प्रवद्धनमा समेत टेवा पुग्ने श्रेष्ठले विश्वास व्यक्त गरे ।

    संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटाले सम्बन्धित उद्योग वाणिज्य संघका व्यवसायीहरुलाई शुक्लागण्डकीका पर्यटकीय क्षेत्रको भ्रमणकोलागि निम्तो दिएको जानकारी दिए । अनुकुल समय मिलाएर शुक्लागण्डकी आउने उनीहरुले बचन दिएको उनको भनाई छ ।

    तनहुँबाट शुरु भएको भ्रमण चितवन, मकवानपुर, झापा, सिक्किम, दार्जलिङ, इलाम, सुनसरी सिन्धुली, उदयुपर हुदै पुनः तनहुँको शुक्लागण्डकी आएर सकिएको हो । संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठको नेतृत्वमा भएको भ्रमणमा निवर्तमान अध्यक्ष विमल प्रसाद रिमाल, सम्पूर्ण पदाधिकारी, सदस्य र कर्मचारी गरी २४ जनाको सहभागिता रहेको कोषाध्यक्ष कमल गैह्रेले जानकारी दिए ।