चालक दलसहित २ सय ४२ जना यात्रु सवार एयर इन्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    चालक दलसहित २ सय ४२ जना यात्रु सवार एयर इन्डियाको विमान भारतको अहमदाबादमा दुर्घटना

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८२, बिहीबार

    काठमाडौ, २९ जेठ । गुजरातको अहमदाबादमा आज बिहान विमान दुर्घटना भएको छ।

    एयर इन्डियाको लण्डन उडान गर्ने बोइङ ७८७-८ ड्रीमलाइनर विमान टेकअफ गर्ने क्रममा मेघानी क्षेत्रमा दुर्घटना भएको हो। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो विमान करिब ११ वर्ष पुरानो थियो र यसमा २ सय ३० जना यात्रु र १२ जना क्रू सदस्य सवार थिए।

    दुर्घटनापछि आकाशमा धेरै टाढासम्म बाक्लो कालो धुँवो देखिएको थियो। स्थानीय बासिन्दाहरूका अनुसार ठूलो आवाजसँगै विमान जमिनमा खस्दा ठूला झड्का महसुस गरिएको सञ्चारमाध्यमहरूमा उल्लेख छ। 

    घटनाको जानकारी पाए लगत्तै दमकल विभागको सात वटा गाडी दुर्घटनास्थलमा पुगेको छ। उद्धार कार्य तीव्र रूपमा भइरहेको जनाइएको छ।

    एयर इन्डियाका प्रवक्ताले सामाजिक सञ्जाल एक्स मार्फत घटनाको पुष्टि गर्दै लेखेका छन्, ‘हामी अत्यन्त दुखित छौं। अहमदाबादबाट लण्डनका लागि उडेको हाम्रो विमान टेकअफको क्रममा दुर्घटनाग्रस्त भएको छ। उद्धार र राहत कार्य जारी छ। यात्रुहरू र क्रू सदस्यहरूको सुरक्षालाई हाम्रो प्रमुख प्राथमिकतामा राखिएको छ।’