टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    टाटा समूहले अहमदाबाद विमान दुर्घटनाका मृतकका परिवारलाई १–१ करोड रुपैयाँ दिने

    खबरपुञ्ज संवाददाता

    २९ जेष्ठ २०८२, बिहीबार

    नयाँ दिल्ली, २९ जेठ । टाटा समूहले अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु भएकाहरूका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ दिने घोषणा गरेको छ। 

    टाटा समूहले घाइतेहरूको उपचारको सम्पूर्ण खर्च कम्पनीले वहन गर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग प्राप्त गर्ने कुरा सुनिश्चित गर्ने पनि बताएको छ। एयर इन्डिया टाटा समूहको कम्पनी हो।