चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    चितवनको यातायात र महालक्ष्मी ट्रायल सेन्टरमा अख्तियारको छापा

    खबरपुञ्ज संवाददाता

    ३० जेष्ठ २०८२, शुक्रबार

    चितवन, ३० जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, भरतपुर र महालक्ष्मी ड्राईभिङ सेन्टरमा छापा मारेको छ ।

    अख्तियारको टोलीले यातायात व्यवस्था कार्यालयका सहायक (पाँचौं) ईन्द्रजित गुरुङको कार्यकक्षबाट एक लाख पचासी हजार रुपैयाँ नगदसहित निज ईन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठक समेतलाई यातायात व्यवस्था कार्यालय भरतपुर, चितवनको कार्यालय परिसरबाट नियन्त्रणमा लिईएको अख्तियारको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

    यातायात कार्यालय प्रमुख विष्णु भट्टराई तथा अन्य कर्मचारीहरु र विभिन्न ड्राइभिइ सेन्टरका संचालकहरुको बिद्युतिय उपकरण मोबाइल थान–३१ भन्दा बढी, ल्याप्टप थान–२ र अन्य कागजातहरुसमेत नियन्त्रणमा लिइएको प्रवक्ता पौडेलले बताए ।