दमाैली, १ असार । व्यास २ स्थित बालमन्दिर माध्यमिक विद्यालयका वालवालिकाहरूलाई नेतृत्व विकास तालिम प्रदान गरिएको छ। युवा रेडकस सर्कल बालमन्दिरले सर्कलमा आबद्ध पदाधिकारी एवं सदस्यहरूलाई नेतृत्व विकास तालिम प्रदान गरेको हो।
६ घण्टाको प्याकेज बनाई विभिन्न चरणमा प्रदान गरिएको तालिमको आइतबार समापन गरिएको छ। युवा रेडकस सर्कलकी अध्यक्ष अन्जली कुमारीको अध्यक्षतामा भएको तालिममा विद्यालयका प्र अ एवम् सर्कलका संरक्षक राजेन्द्र खनालले सर्कलले गरेको कामको प्रशंसा गरेका थिए।
उनले सर्कलले आफ्ना पदाधिकारी एवं सदस्यहरूका लागि नेतृत्व विकास तालिम प्रदान गर्नु उदाहरणीय कार्य भएको बताएका थिए । विद्यार्थीलाई प्रशिक्षणसमेत प्रदान गरेका खनालले आत्मविश्वास विकासका लागि, सञ्चार कौशल सुधारका लागि, टीम वर्क र सहकार्य सिक्न, समस्या समाधान र निर्णय क्षमताको विकासका लागि, समाजमा सकरात्मक प्रभाव पार्न, भविष्यको करियरको लागि तयारीमा नेतृत्व विकास तालिम जरुरी रहेको बताएका थिए।
३५ जना बालबालिका सहभागीहरू तालिममाविद्यालयकी सहायक प्रधानाध्यापक लक्ष्मी मल्ल, शिक्षकहरू पदम खनाल, नन्दु थापा, शोभा आर्यल र पार्बती आर्यलले विद्यार्थी जीवन नेतृत्व सिक्न थाल्ने उपयुक्त समय भएको बताएका थिए । उनीहरूले नेतृत्व विकास तालिमले व्यक्तिगत, शैक्षिक र सामाजिक जीवनमा दीर्घकालीन लाभ पुर्याउने बताए । सो समापन कार्यक्रममा उत्कृष्ट प्रस्तुति दिएका ३ जुनियर/३ सिनियर विद्यार्थीहरूलाई पुरस्कृत पुरस्कृत समेत गरिएको शिक्षक नायक गोकुल थापाले बताए । उक्त कार्यक्रमको सञ्चालन सचिव अस्मिता परियारले गरेकी थिइन् ।