काठमाडौँ, ९ असार । सरकारले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास वैरागीको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
समितिमा सम्बन्धित मन्त्रालयका सहसचिवहरू सदस्य रहने एक मन्त्रीले जानकारी दिए ।
समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समय दिइएको छ।