काठमाडौ, १३ असार । मिस ग्राण्ड नेपालको भोटिङ खुल्ला गरिएको छ । सौन्दर्य प्रतियोगिता मिस ग्राण्ड नेपालको शुक्रबारदेखि भोटिङ खुल्ला गरिएको हो ।
उक्त प्रतियोगितामा तनहुँकी रेविका मगर पनि प्रतिस्पर्धामा छिन् । घिरिङ गाउँपालिका-३ जन्मघर भई हाल नवलपरासी देवचुली-१७ बस्ने मगर उक्त प्रतियोगिताकी शसक्त दावेदार हुन् ।
प्रतियोगिताको छनोट चरणको अडिसन देखिनै उनले आफ्नो बौद्धिक क्षमता र सौन्दर्यद्वारा निर्णायकहरूको ध्यान आकर्षित गर्न सफल भएकी भइरहेकी छन्। जनमुखी आदर्श कलेजबाट स्नातक पूरा गरेकी उनी हाल अध्ययनको शिलशिलामा काठमाडौमा बस्छिन् ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्ने लक्ष्य सहित मिस ग्राण्ड नेपालमा भिडेकी उनी अहिले ३५ दिने लामो प्रशिक्षणमा आफूलाई निखारिरहेकी छन्।
आत्मनिर्भर, मेहनती र लगनशील उनी खेलकुद, मनोरञ्जन, पढाइ समेत अब्बल सावित हुँदै आएकी छन्। उनी सौन्दर्य प्रतियोगितालाई प्रतियोगिता मात्र नभई जीवनलाई व्यवहारिक अर्थ दिने एउटा माध्यम पनि ठान्छिन्।
उनको भविष्यमा महिलाको सशक्तीकरणका लागि काम गरेर समाज सेवा गरेर समाज र राष्ट्र दुवैमा केही योगदान दिने उद्देश्य छ।
उनलाई भोट गर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्
https://voting.mypay.com.np/votes/114/151/1887