एसइइ नतिजा : आँबुखैरेनीमा ७६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    एसइइ नतिजा : आँबुखैरेनीमा ७६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    दमाैली, १४ असार । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित विद्यालयबाट यस वर्षको एसइइ परीक्षामा ७६.९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिक तथा संस्थागत विद्यालयबाट गरी उक्त सङ्ख्यामा विद्यार्थी उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।

    सामुदायिकतर्फ ७८.९९ प्रतिशत र संस्थागततर्फ ७५ प्रतिशत नतिजा रहेको शिक्षा शाखा प्रमुख निर्मला कुंवरले जानकारी दिइन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष नतिजा सुधार रहेको उनको भनाइ छ ।

    सामुदायितर्फ रामशाह माविमा ८९.५५, मित्रता माविमा ५८.२३, लक्ष्मी माविमा १००, कन्यादेवी माविमा ७३.३३, छिम्केश्वरी माविमा ५७.१४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । सामुदायिकतर्फ दुई सय ५७ विद्यार्थी सहभागी रहेकामा दुई सय तीन विद्यार्थी उत्तीर्ण भएका छन् ।

    संस्थागततर्फ बालशिक्षा सदन बोर्डिङ स्कूलबाट ५२.१७, मस्र्याङ्दी बालज्योति बोर्डिङ स्कूलबाट ८६.०५, एक्टिभ ग्रिनल्याण्ड बोर्डिङ स्कूलबाट २१.४३, फ्युचर स्टार बोर्डिङ स्कूलबाट ८९.५८ र सनसाइन बोर्डिङ स्कूलबाट ८१.२५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । संस्थागततर्फ एक सय ४४ सहभागी रहेकामा एक सय आठ विद्यार्थी उत्तीर्ण भएका छन् ।