तनहुँ सङ्ग्रहालय एवं पुस्तकालयकाे प्रथम वार्षिकाेत्सव तथा स्थापना दिवस मनाइयाे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ सङ्ग्रहालय एवं पुस्तकालयकाे प्रथम वार्षिकाेत्सव तथा स्थापना दिवस मनाइयाे

    खबरपुञ्ज संवाददाता

    १३ असार २०८२, शनिबार

    दमाैली १४ असार । तनहुँ सङ्ग्रहालय एवं पुस्तकालयकाे प्रथम वार्षिकोत्सव तथा स्थापना दिवस शनिबार सम्पन्न भएकाे छ । कार्यक्रमकाे गण्डकी प्राज्ञ प्रतिष्ठानका कुलपति सूर्य खड्काले उद्घाटन गरेका थिए ।

    संयाेजक देवी बहादुर बस्न्यातको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. विद्युतकेशरी न्याैपानेले सङ्ग्रहालय तथा पुस्तकालयको अधारभूत मान्यता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने सो कार्यपत्र माथि जलदेवी माविका पूर्व प्रधानाध्यापक विष्णु बहादुर अधिकारी र निर्मल माविका प्राचर्य गणेशचन्द्र बस्न्यातले टिप्पणी गरेका थिए ।

    कार्यक्रममा क्षेत्री समाजका अध्यक्ष शम्भुबहादुर अधिकारी, ब्राह्मण समाज नेपालका अध्यक्ष कृ्ष्णचन्द्र पाण्डे, दरै समाजका अध्यक्ष ठाकुर दरै, कुमाल समाजका अध्यक्ष आलाेक कुमाल, दशनामी समाजका प्रतिनिधि नारायण गिरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रममा देव बस्न्यातकाे गलेखामकोटदेखि मानहुँकोटसम्मको पुस्तक व्यास नगर प्रज्ञा प्रतिष्ठानका उप कुलपति काशीनाथ न्याैफाने र मिर्लुङकोट र सेराेफेर पुस्तकको विद्युती क्युआर प्रणालीकाे पुस्तककाे गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का विखर्चीले विमोचन गरेका थिए ।