दमाैली, १४ असार । यस वर्षको एसइइ नतिजामा भानु नगरपालिकाबाट ५७.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । भानु नगरपालिकास्थित २३ विद्यालयबाट पाँच सय १९ विद्यार्थी परीक्षामा सहभागी रहेकामा दुई सय ९९ उत्तीर्ण भएका छन् ।
सामुदायिक विद्यालयतर्फ चार सय ६३ मध्ये दुई सय ५८ र संस्थागत विद्यालयतर्फ ५६ मध्ये ४१ जना उत्तीर्ण भएको भानु नगरपालिका शिक्षा शाखाले जनाएको छ । सामुदायिकतर्फ ५५.७२ प्रतिशत र संस्थागततर्फ ७३.२१ विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्षको तुलनामा यस वर्ष नतिजामा सुधार देखिएको छ । गत वर्ष सामुदायिकतर्फ ४०.५४ र संस्थागततर्फ ५६.७९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । समग्रमा त्यस वर्ष ४२.७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा यस वर्ष १४.८५ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका छन् ।