दमाैली, १८ असार । आँबुखैरेनी गाउँपालिका-३ स्थित रामशाह माविका विद्यार्थी किस्मत पाेख्रेलले गाउँपालिकाले गरेकाे सम्मानले आफूलाई गाैरवान्वित बनाएकाे बताएका छन् । एसइइमा ४ जिपिए प्राप्त गरी बुधबार गाउँपालिकाबाट पुरस्कृत भएपछि पाेख्रेलले गाउँपालिकाले गरेकाे सम्मानलाई खेर जान नदिने बताए ।
उनले गाउँपालिकाकाे शिक्षा सुधार अभियानका कारण यहाँका विद्यालयले एसइइमा राम्राे नतिजा ल्याएकाे भन्दै थपे, ” मेराे याे नतिजा ल्याउनका लागि सबैभन्दा उच्च भूमिका परिवारकाे रह्याे । शिक्षकहरुकाे पनि उत्तिकै सहयाेग रह्याे । म सबैलाई धन्यवाद दिन चाहन्छु ।”