दमाैली, १८ असार । सामाजिक अभियान्ता सुदीप गफ्फारले व्यास नगरपालिका-६ बाह्रबिसेस्थित इन्दु माध्यमिक विद्यालयका विद्यार्थीलाई पाेशाक वितरण गरेका छन् । उनले बुधबार साे विद्यालयका पाँच जना विपन्न विद्यार्थीलाई पाेशाक वितरण गरेका हुन् ।
विद्यालयमा कक्षा २, ६, ७ र ८मा अध्ययनरत बालबालिकालाई पाेशाककाे माग भएपछि गफ्फारले असार १५ गते दही चिउरा वितरण गरेर सङ्कलित रकमबाट उनीहरुलाई सहयाेग गरेका हुन् । उक्त विद्यालयका विद्यार्थीलाई ६ हजार बराबरकाे पाेशाक वितरण गरिएकाे छ ।
विद्यालयका प्रधानाध्यापक सन्ताेष न्याैपानेले सामाजिक अभियान्ता गफ्फारकाे कामले समाजमा सकारात्मक सन्देश प्रवाह गरेकाे बताए ।
गफ्फारले असार १५ गते दही चिउरा वितरण गरी रु २८ हजार ७ सय ५० सङ्कलन गरेका थिए । उक्त रकमबाट विभिन्न विद्यालयका विद्यार्थीलाई सहयाेग गरिने उनले बताए ।