दमाैली, १८ असार । आँबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीलाई सम्मान गरेकाे छ । बुधबार आयाेजित एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सुवेदीलाई सम्मान गरेका हुन् ।
आँबुखैरेनी गाउँपालिकाको शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा नागरिक स्तरमा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै समाजमा शान्ति सुरक्षा, विश्वास र सहकार्यको वातावरण निर्माण गर्न खेलेकाे भूमिकाकाे उच्च प्रशंसा गर्दै सुवेदीलाई विशेष सम्मान प्रदान गरिएकाे हाे ।
प्रहरी निरीक्षक सुवेदीले आँबुखैरेनी गाउँपालिकाले निरन्तर प्रहरी प्रशासनसँग सहकार्य गर्दै समाजमा शान्ति, स्थायित्व र सहकार्यको वातावरण बनाउन साथ दिइरहेको बताए । उनले आगामी दिनहरूमा पनि आम आँबुखैरेनी जनताको भरोसालाई टुट्न नदिन प्रभावकारी सुरक्षा, अपराध नियन्त्रण र सचेतनामूलक कार्यक्रमलाई विस्तृत रुपमा लैजान यस्तै समन्वय, सहकार्य र साझा प्रयास मार्फत अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।