लमजुङ, १८ असार । लमजुङको मध्यनेपाल-४ तिलार चोकमा बुधबार बिहान ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
चालक कास्की रूपा-३ पोल्याङ बस्ने बाग्लुङ काठेखोला -७ घर भएका १९ वर्षीय आयुसमान गुरूङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको दमौली अस्पताल तनहुँमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ ।