ऑबुखैरेनीमा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत, शिक्षक सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा एसइइमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी पुरस्कृत, शिक्षक सम्मानित

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८२, बिहीबार

    दमौली, १९ असार । आँबुखैरेनी गाउँपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सर्वोत्कृष्ट र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्दै शिक्षकहरुलाई सम्मान गरेको छ । गाउँपालिकाको कार्यालयमा बुधबार आयोजित कार्यक्रममा परीक्षामा ४ जिपिए ल्याउने दुई विद्यार्थीलाई जनही रु ५० हजार नगद र प्रशंसापत्रले पुरस्कृत गरेको छ ।

    पुरस्कृत हुनेमा आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयका छात्र किस्मत पोख्रेल र सोही विद्यालयका सन्जिना थापा रहेका छन् । उनीहरुले एसइइ परीक्षामा ४ जिपिए प्राप्त गरेका थिए । उनीहरुलाई जनही रु ५० हजार नगद र प्रशंसापत्रले पुरस्कृत गरिएको छ ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले उहाँहरुलाई पुरस्कृत गरेका हुन् ।

    त्यस्तै दलिततर्फ ३.८४ जिपिए ल्याउने रामशाह माध्यमिक विद्यालयका सन्ध्या विक, प्राविधिक धारतर्फ जिल्लामा प्रथम हुने रामशाह माध्यमिक विद्यालयका महिष्मा श्रेष्ठ (३.८७ जिपिए), सोही विद्यालयका गौरव कुमाल (३.९५ जिपिए), विपश्वी पन्त (३.९६ जिपिए) र फ्युचर स्टार बोर्डिङ स्कूलका आशिक पन्त (३.९५ जिपिए) ल्याउनेलाई जनही रु ३० हजार नगद र प्रशंसापत्रले पुरस्कृत गरिएको छ ।

    यस्तै गाउँपालिकाले शिक्षा सुधारमा सहयोग गर्ने तनहुँ उद्योग वाणिज्य सङ्घ आँबुखैरेनी, आँबुखैरेनी ख्रिष्टियन समाजलाई प्रशंसापत्रले सम्मान गरेको छ ।

    यस्तै गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने शिक्षकहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा प्रेमराज लामिछाने, लोकबहादुर गुरुङ, सुन्दर भुषाल, चन्द्रकान्त पौडेल, रामप्रसाद लामिछाने, श्यामबहादुर राना, काशीराम पन्थ, आइतबहादुर थापा, गीता सुवाल, किशोरप्रसाद सुवेदी, पार्वती अधिकारी, सूर्यमानसिंह गुरुङ, खेमराज गुरुङ, राजेन्द्र न्यौपाने, काशीनाथ देवकोटा, अम्बिका पाण्डे, काशीनाथ देवकोटा, सुरेन्द्र बोगटी, धु्रवराज अधिकारी, नारायण अधिकारी, विष्णु गुरुङ, पम्फा श्रेष्ठ, सङ्गम आचार्य लगायत रहेका छन् ।

    माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट र उत्कृष्ट नतिजा हासिल गरी आँबुखैरेनीको पहिचान बढाउन सहयोग पु¥याए बापत प्रोत्साहन स्वरुप विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको गाउँपालिकाका अध्यक्ष चुमानले बताए ।