गण्डकी प्रदेश अन्तर क्लव फुटबलको उपाधि एलजीलाई, हैरान्स उपविजेता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गण्डकी प्रदेश अन्तर क्लव फुटबलको उपाधि एलजीलाई, हैरान्स उपविजेता

    खबरपुञ्ज संवाददाता

    १८ असार २०८२, बिहीबार

    दमौली, १९ असार । गण्डकी प्रदेश अन्तर क्लवस्तरीय फुटबल प्रतियोगिताको उपाधि कास्कीको एलजी एसोसिएसनले जितेको छ । बिहीबार भएको फाइनल खेलमा दमौलीको हैरान्स क्लवलाई हराउँदै एलजीले उपाधि जितेको हो ।

    निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा अन्तिम मिनेटमा २ गोल भएपछि एलजीले उपाधि जितेको हो । एलजीका तर्फबाट निश्चल जिसी र अंकित गुरुङले एक/एक गोल गरेका थिए।

    उपाधिसँगै एलजीले रु दुई लाख नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता हैरान्सले नगद रु एक लाख प्राप्त गरेको छ।

    प्रतियोगितामा गण्डकीका ७ जिल्लाका ७ क्लबको सहभागिता रहेको थियो ।