नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाललाई यू-१६ इस्ट जोन कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    २० असार २०८२, शनिबार

    काठमाडौं, २१ असार । एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि जोय थापाले अविजित २४ रनको पारी खेले ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भएको थियो ।

    सिंगापुरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए । उनले‌ ९० भन्दा धेरै बल खेलेका थिए । रिहान नाइकले १५ रन बनाए ।

    नेपालका लागि अभय यादवले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । त्यस्तै सुशिल बहादुर रावलले पनि ३ विकेट लिए । शुभम खनालले २ तथा कप्तान बिपिन प्रसाद शर्माले १ विकेट लिए ।