रियल र पिएसजी सेमिफाइनलमा भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    रियल र पिएसजी सेमिफाइनलमा भिड्ने

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८२, आईतवार

    एजेन्सी, २२ असार । अमेरिकामा भइरहेको क्लब विश्वकपमा अन्तिम चारमा भिड्ने टोलीहरूको टुङ्गो लागेको छ। 

    अन्तिम आठको खेलमा स्पेनिस क्लब रियल म्याड्रिड र फ्रेन्च क्लब पिएसजीले आ-आफ्ना खेल जित्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

    रियलले जर्मन क्लब बोरुसिया डर्टमन्डलाई ३-२ गोलले पराजित गर्यो।

    रियलका लागि गार्सियाले दुई गोल गर्दा एम्बाप्पेले एक गोल गर्न सफल भए।

    डर्टमन्डले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको थियो। जसका कारण उसलाई खेलमा फर्कन ढिला भयो।

    यता पिएसजीले अर्को जर्मन क्लब बायर्न म्युनिखलाई २-० गोलले हरायो।

    अब अन्तिम चारमा पिएसजी र रियलबीच खेल हुनेछ‌।

    अर्को सेमिफाइनलमा इङ्लिस क्लब चेल्सी र ब्राजिलियन क्लब फ्लुमिनेन्सेबीच प्रतिस्पर्धा हुनेछ।