


दमाैली, २२ असार । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँकाे शुक्लागण्डकी नगरपालिका-२ नर्सरीमा माेटरसाइकल दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
घाइते हुनेमा पाेखरा महानगरपालिका-२९ भण्डारढिक बस्ने २९ वर्षीय सुजन कुमाल रहेकाे प्रहरीले जनाएकाे छ । पोखराबाट दुलेगौडा तर्फ आउँदै गरेको बा ९० प ४९३८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते कुमालकाे घाँटी र शरिरमा चोट लागेकाे छ । उनकाे जिपी काेइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेकाे छ ।