तनहुँमा छ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट २१ जना पीडित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा छ महिनामा मानवअधिकार उल्लंघन तथा ज्यादतीबाट २१ जना पीडित

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८२, आईतवार

    दमौली, २२ असार । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तनहुँको आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक–२०२६ को लागि सङ्कलित घटनाहरुको अर्धवार्षिक पुर्व समीक्षा तथा तनहुँ जिल्लाको मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भयो । मानवअधिकार वर्ष पुस्तकको लागि सङ्कलित घटनाहरुको बारेमा सरोकारवाला निकायको सुझाव सङ्कलन गर्ने उद्देश्यले आयोजना गरिएको थियो ।

    इन्सेकको तथ्यांक अनुसार तनहुँमा सन २०२५ मा को जनवरी देखी जुनसम्मको ६ महिनाको मानवअधिकार उल्लंघन तथा ज्यादतीका २१ वटा घटनाबाट २१ जना पीडित भएका छन् । सो कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले सन २०२५ मा तनहँु भएका मानवअधिकार उल्लंघन र ज्यादतीका घटनाहरु सार्वजानिक गरेका थिए ।

    यो अवधिमा भएको २१ वटा मानवअधिकार उल्लंघनका घटनामा १४ महिला र ७ पुरुष सहित २१ जना पीडित भएका छन् । जसमा हत्याका घटनामा ४ वटा, बलात्कार, बलात्कार प्रयास र यौनजन्य दुव्र्यहवार तर्फ ८ वटा घटना भएका छन् । त्यस्तै मानव बेचविखनमा २, कुटपिट, धम्की र दुव्र्यहवारको घटनामा ४, बालअधिकार तर्फ ३ र सम्पत्ती क्षतीमा १ वटा घटना भएका छन् ।

    सो कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले नेपालको प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आन्दोलनमा इन्सेकको महत्वपुर्ण भुमिका रहेको बताए । इन्सेक जस्ता मानवअधिकार संघ संस्थाले राज्यलाई मानवअधिकार कार्यान्वयनकोलागि समय समयमा खबरदारी गरिरहनु पर्ने उनले बताए ।

    सबैले कानुनको पालना र सम्मान गर्ने हो भने मानवअधिकारको संरक्षण हुने अध्यक्ष श्रेष्ठले बताए । विगतमा मानवअधिकारको विषय राजनीतिक तथा नागरिक अधिकारसँग बढि सम्बन्धित भएकोमा हाल आएर आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार तथा शिक्षा, स्वास्थ्यर खाद्य अधिकार तथा समृद्धीको विषयसँग जोडिएको श्रेष्ठले बताए ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका इन्स्पेक्टर राजु अधिकारीले मानव अधिकारको घटना राज्यसँग सम्बन्धित हुने भएकोले प्रहरीले मानवअधिकार हननका घटनामा शुन्य सहनशिलताको नीति लिएको बताए । मानवअधिकारको संरक्षण र सम्बद्र्धनको लागि प्रहरीले विभिन्न स्थानमा सचेतनाको कार्यक्रम गर्दै आईरहेको भन्दै अधिकारीले शाहीले राज्य नै मानव अधिकारको मुख्य संरक्षक भएको भन्दै मानव अधिकार र मौलिक हकमा समावेश भएका अधिकारहरु नागरिकलाई उपलब्ध गराउनु राज्यको मुख्य दायित्व भएको बताए ।

    प्रहरीले मानवअधिकारको उल्लंघन गर्यो भन्ने गुनासो आउन नदिने उनले प्रष्ट पारे । उनले घरेलु हिंसा अन्त्यका लागि र मानवअधिकारको प्रत्याभुतीकोलागि कानुन बमोजिम काम गर्ने प्रतिबद्धता जनाए ।

    नेकपा एमालेका जिल्ला कमिटिका सचिव प्रदिपराज अधिकारीले मानवअधिकारको विषयलाई इन्सेकले राम्रोसँग उठान गरेको बताए । अहिले मानवअधिकार उल्लघंनको घटना सार्वजानिक गर्दा भविष्यमा त्यस्ता घटना कम हुने विश्वास पनि उनले गरे ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक विश्व बास्तोलाले मानवअधिकारको संरक्षण र सम्बद्र्धनको जिम्मेबारी राज्य पक्षको भएहुँदा राज्यले आफ्नो जिम्मेवारी पुरा गरेको छ की छैन भन्ने बारेमा इन्सेकले खबरदारी गर्दै आएको बताए। उनले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले देशको मानवअधिकारको अवस्था देखाउने भन्दै बास्तोलाले मानवअधिकारको संरक्षण गर्न राज्य पक्ष लाग्नुपर्ने बताए ।

    नेपाली काँग्रेसका जिल्ला कार्य समिति सदस्य सिर्जना तिवारीले मानवअधिकारको संरक्षणकोलागि नेपाली काँग्रेस सँधै प्रतिबद्ध रहेको बताइन् ।

    महिला मानव रक्षक सन्जालकी सदस्य बसुन्धरा घर्तीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्वल पौडेल, महिला मानवअधिकार रक्षक सन्जाल तनहुँकी सदस्य सरस्वती सिग्देल, दलित अधिकारकर्मी, पत्रकार अमरराज नहर्की लगायतले सुझाव राखेका थिए ।