


दमौली, २३ असार । नेपाल चिकित्सक संघको आन्दोलन अन्तर्गत तनहुँका सरकारी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ ।
उपभोक्ता अदालतबाट चिकित्सकहरुलाई हतोत्साहित गर्ने गरी फैसला आएको दावी गर्दै उनीहरु आन्दोलित बनेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तर्गत दमौलीस्थित प्रदेश अस्पताल दमौली, बन्दीपुर अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सोमबार ओपिडी सेवा बन्द गरिएको छ।