आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य अवकाशमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिवार्य अवकाशमा

    खबरपुञ्ज संवाददाता

    २३ असार २०८२, मंगलवार

    दमाैली, २४ असार । आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा अनिवार्य अवकाशमा गएका छन् । तीन वर्षदेखि गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतकाे जिम्मेवारीमा रहेका शर्मा मङ्गलबारदेखि अनिवार्य अवकाशमा गएका हुन् ।

    उनलाई गाउँपालिकाले सम्मान सहित विदाइ गरेकाे छ । गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाकाे समग्र विकासका लागि शर्माले पुर्याएकाे याेगदानका लागि धन्यवाद ज्ञापन गरे ।

    कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारीहरुले शर्मालाई निवृत्त जीवनकाे शुभकामना दिएका थिए ।

    शर्माले यहाँ रहँदा विकास निर्माण, सेवा प्रवाह, सुशासन, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत आँबुखैरेनीको हरेक क्षेत्रमा कुशल रूपमा याेगदान पुर्याएका थिए ।