ऑबुखैरेनीको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीको प्रमुख प्रशासकीय अधिकृतमा बस्नेत

    खबरपुञ्ज संवाददाता

    २४ असार २०८२, बुधबार

    दमौली, २५ असार । ऑबुखैरेनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बुद्धिराम बस्नेत तोकिएका छन् । सरकारले बस्नेतलाई ऑबुखैरेनीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको हो ।

    लोक सेवा आयोगको सिफारिस बमोजिम नियुक्त भई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदस्थापन भएका बस्नेतले ऑबुखैरेनीको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा पाएका हुन् ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले अनिवार्य अवकाश पाएसँगै बस्नेत आउन लागेका हुन् ।