ऑबुखैरेनीमा लागुऔषध सहित दुई महिला पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा लागुऔषध सहित दुई महिला पक्राउ

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८२, शनिबार

    दमौली, २८ असार । आँबुखैरेनी गाउँपालिका-४ बेनीटारस्थित पृथ्वी राजमार्ग सडक-खण्डबाट लागुऔषध सहित दुई महिला पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा रुपन्देही साविक पटखौली गाविस-४ हाल कायम ओमसनिया गाउँपालिका- ५ बस्ने ३५ वर्षीया मालती लोध र सोही ठाउँ बस्ने ५० वर्षीया शिला हरिजन रहेको इलाका प्रहरी कार्यालय ऑबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए ।

    प्रहरी टोलीले सवारी साधनहरु तथा पैदल यात्रीहरुलाई चेकजाँच गर्ने क्रममा कालो रंगको पछाडी भिर्ने झोला भित्र लुकाई छिपाई ल्याएको अवस्थामा आठ सय ६६ एम्पुल डाइजेपाम, आठ सय ६६ एम्पुल फेनरागन, आठ सय ६६ एम्पुल ब्रुफिन गरी दुई हजार पॉच सय ९८ एम्पुल लागुऔषध बरामद भएको छ ।

    गण्डकी प्रदेशको नाका ऑबुखैरेनीबाट लागुऔषध ओसारपसार बढी मात्रामै हुने गरेकाले प्रहरीले कडाई गरेको छ ।