आँबुखैरेनीमा हुने श्रीकृष्ण जन्माष्टमी जात्राका लागि विभिन्न उपसमितिमा संयाेजक चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनीमा हुने श्रीकृष्ण जन्माष्टमी जात्राका लागि विभिन्न उपसमितिमा संयाेजक चयन

    खबरपुञ्ज संवाददाता

    २७ असार २०८२, शनिबार

    दमाैली, २८ असार । आँबुखैरेनी संस्कृति संरक्षण मञ्चकाे आयाेजनामा साउन ३१ गते हुने श्रीकृष्ण जन्माष्टमी जात्राका लागि विभिन्न उपसमितिमा संयाेजक ताेकिएकाे छ ।

    मञ्चका अध्यक्ष मनाेजकुमार श्रेष्ठका अनुसार झाँकी संयाेजकमा बाबुराम श्रेष्ठ, प्रचारप्रसार संयाेजकमा अनिल श्रेष्ठ, पञ्चेबाजा व्यवस्थापन संयाेजकमा इन्दिरा पण्डित, हाेपाचा संयाेजकमा पुष्पकुमार श्रेष्ठ, कला तथा श्रृङ्गार संयाेजकमा यम गुरुङ, खानेपानी व्यवस्थापन संयाेजकमा विष्णुमाया घिमिरे, सुरक्षा व्यवस्थापन संयाेजकमा नेत्रमान श्रेष्ठ, लाेक सांस्कृतिक तथा स्टेज कार्यक्रम संयाेजकमा सुमन भट्ट र काैरा तथा चुड्का संयाेजकमा काजीराम थापा/पृथ्वीबहादुर गुरुङ चयन भएका छन् ।

    आँबुखैरेनी क्षेत्रकाे लाेक संस्कृतिकाे संरक्षण एवं प्रबर्धन गर्ने उद्धेश्यले यहाँ जात्राकाे आयाेजना गरिएकाे हाे । मञ्चले स्थापनाकाल विसं २०६३ सालदेखि यस क्षेत्रकाे परम्परागत जात्रा श्रीकृष्ण जन्माष्टमी तथा नेपाली हिन्दु महिलाहरुकाे महान् पर्व हरितालिका तीजमा विशेष कार्यक्रम गर्दै आइरहेकाे छ ।