


चितवन, ३१ असार । चितवन भरतपुर १५ श्रीपुर स्थित रास्ट्रीय सुस्त मन:स्थिती बिधालय बि.स. २०४३ सालमा स्थापना भएको हो। हाल यस विद्यालयमा १४ जना बिद्यार्थी आवासमै बसेर पढिरहेका छन भने १२ जना बिद्यार्थीहरु घरवाट आवतजावत गर्ने जम्मा विद्यार्थी २६ जना रहेको बिधालयकी आया ज्ञानु खडकाले बताइन।
बौद्धिक, हेमोफेलिया, डाउन सिन्ड्राेम, जस्ता अपांगता प्रकृतिका बालवालिकालाइ एकै ठाउमा राखी २ जना शिक्षक मार्फत पढाइएको छ। छात्रा छात्रको छुट्टाछुट्टै छात्रावास ब्यवस्थित रहेको छ। यसै सन्दर्भमा रास्ट्रीय सुस्त मन:स्थिती विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष कर्ना सुवेदी र अपाङ्गता अधिकारकर्मी ईश्वर बास्तोलाबीच विद्यालयका बारेमा कुराकानी भएको छ।
सुवेदीका अनुसार यो विद्यालय स्थापित गर्नुभन्दा अगाडी यो गाउलाइ बहिरा गाउको रुपमा परिचित थियो यहाका स्थानीय बासिन्दा शान्ति श्रेष्ठको पहलमा वैदेशिक डेनमार्कको सहयोगमा बि.स.२०३८ साल बाट सुरुवात गरिएतापनी वैदेशिक प्रोजेक्ट छुटे पश्चात औपचारिक मान्यता बि.स. २०४३ सालमा प्राप्त गरि निरन्तर हालसम्म अनवरत रुपमा सन्चालनमा आएको छ।
यो विद्यालय नेपालमै काठमाडौं पछिको दोर्सो खुलेको बिधालय हो। समाज कल्याण मन्त्रालय मार्फत आर्थिक सहयोग अनुदान प्राप्त हुने प्रावधान आए पश्चात जागिर खाने होडबाजि चल्यो आर्थिक चलखेलको आरोपप्रत्यारोप अत्याधिक रुपमा आएपछि जिल्ला प्रशासन कार्यलयमा उजुरी परेपछी गत साल स्पष्टीकरण दिई आएको सुवेदीले बताए।
हाल यस विद्यालयमा गोरखा, चितवन, नवलपुर जिल्लाका बिद्यार्थीहरु अध्ययनरत रहेका छन। स्थापना कालदेखि नै आयाको रुपमा कार्यरत रोल्पाकी ज्ञानु खडकाको सन्तान पनि जन्मजात अपाङ्गता वरण गरे उनले निरन्तर खाइपाइ आएको अपांगता भत्ता १६ बर्ष पुगे नागरिकता नबनेकै कारण भत्ता रोकिएको अवस्था छ ।
नागरिकता नबनेको कारण तलव खुवाउन नसकीने भएपछि विद्यालयले हटाउने निर्णय गरि नया आया करारमा सुनिता अधिकारिलाइ नियुक्त गरिएको छ। आफुले स्थापना कालदेखिनै संघर्ष गरि आज विद्यालयबाट निस्किनुपर्दाको क्षण सम्झ्दै आया ज्ञानु भक्कानिइन। विद्यालयमा अध्ययनरत विद्यार्थीहरु उमेरले ठुला बौद्धिक प्रकृतिका अपाङ्गता भएका विद्यार्थीहरुलाई तनहुँ दमौली स्थित बेलवासको सिद्धबेनि मा बिको स्रोत कक्षामा स्थान्तरण गर्ने गरिएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आर्थिक हिनामिना गर्यो पैसा खायो आरोप प्रत्यारोप झेल्नुपरेको अबस्था छ। बिधालयका अपाङ्गता बालवालिका लाई आएको पैसा जे मा आएको त्यसैमा खर्च गर्ने गरेका छौ। जिर्ण अवस्थामा रहेको बिधालयको मर्मत सम्भार गरि हेर्न लाएकको बनाएका छौ। विद्यालयलाई चितवनमै नमुनायोग्य बनाउन ४ करोडको योजना माग भएको थियो माग अनुसारको कार्यान्वयन नभएको अवस्था छ।
विद्यालय स्थान्तरण गर्ने सवाल उठिरहदा सम्बन्धित अपाङ्गता नबुझेको मान्छे नहुदा जागिरमुखी तन्त्र बाट हेरिएको कारण स्थान्तरण नगरीएको हो। बि.ब्य.स. मा अध्यक्षको हैसियतले कहिलेकाही छुचो हुन्छु सबै मानिसहरु अवसरवादी भैदिदा दुख लाग्छ। चितवनमा जनघनत्व बढेसगै अटिज्म प्रकृतिका अपाङ्गता बढेका छन खानपान,आधुनिक जिवनशैलीको परिणाम स्वरुप बच्चा हरु दिन प्रतिदिन अटिज्म प्रकृतिका बच्चाहरु जन्मिदै छन।
कर्ना सुबेदिको छिरी शान्ति सुवेदी जन्मजात पुर्ण अपाङ्गता भएको हुनाले आफ्नो बच्चा अपाङ्गता भए पछि यसैको लागि सत्यको वकालत गर्दा दुख पाएको गुनासो आमा जानकी सुवेदिले ब्यक्त गरिन। तनहुँको दिपक भण्डारीको ब्याक्तिगत सहयोगी मागको आन्दोलन लाई समर्थन रहेको बताइन्। हाल समाबेशी अपाङ्गता शिक्षाको नाममा साङ्ग ब्याक्तिहरुकै हालिमुहाली छ अपाङ्गता भएका ब्याक्तिलाइ किनारा लाउने प्रवृत्ति राजनैतिक पार्टी र परिपाटी ले लथालिङ्ग पारेको छ। अपाङ्गताको शब्द मात्र बुझेर हुदैन यसका भित्रका गहिराई दुख पिडा महसुस गर्ने सामर्थ्य राख्नुपर्ने कर्ना सुवेदीले बताए।