राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासन मन्त्रीमा नियुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने सामान्य प्रशासन मन्त्रीमा नियुक्त

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८२, मंगलवार

    दमौली, ३१ असार । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

    घुस डिलको अडियो प्रकरणमा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजिनामा दिएपछि न्यौपानेलाई नियुक्त गरिएको हो ।

    ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

    तनहुँ भानु नगरपालिका-८ निवासी न्यौपानेको राष्ट्रिय सभामा फागुनसम्म कार्यकाल छ ।