पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घट्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घट्यो

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८२, मंगलवार

    काठमाडौं, ३१ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अब पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ३ पैसा र डिजेल प्रतिलिटर १ रुपैयाँ ३० पैसा सस्तो हुने भएको छ।

    निगमले मंगलबार राति १२ बजेदेखि नयाँ मूल्य लागू हुने जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ मूल्यसूचीअनुसार समायोजन गरिएको निगमले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।