जिल्लाका नेताहरुले दिए नवनियुक्त मन्त्री न्याैपानेलाई बधाइ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्लाका नेताहरुले दिए नवनियुक्त मन्त्री न्याैपानेलाई बधाइ

    खबरपुञ्ज संवाददाता

    ३० असार २०८२, मंगलवार

    दमाैली, ३१ असार । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भएसँगै भगवती न्याैपानेलाई जिल्लाका नेताहरुले बधाइ ज्ञापन गरेका छन् । जिल्लास्थित नेकपा एमाले, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्रका नेताहरुले न्याैपानेलाई बधाइ दिएका हुन् ।

    नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कंडेलले एमालेका तर्फबाट सङ्घीय सरकारमा लामाे समयपछि प्रतिनिधित्व भएकाे भन्दै खुसी व्यक्त गरे ।

    नेपाली काङ्गग्रेसका सचिव लक्ष्मीभक्त खनालले न्याैपानेलाई बधाइ दिँदै सफल कार्यकालकाे शुभकामना व्यक्त गरेका छन् ।

    नेकपा माओवादी केन्द्रीय सदस्य आशा काेइरालाले पनि न्याैपानेलाई बधाइ ज्ञापन गरेकी छन् ।