तनहुँ अदालतद्वारा ७० प्रतिशत मुद्धा फछ्र्योट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ अदालतद्वारा ७० प्रतिशत मुद्धा फछ्र्योट

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८२, बुधबार

    दमाैली, ३२ असार । तनहुँ जिल्ला अदालतले एक वर्षको अवधिमा ७० प्रतिशत मुद्धा फछ्र्योट गरेको छ । अदालतले चालु आर्थिक वर्ष २०८१÷८२ मा ७०.३ प्रतिशत मुद्धा फछ्र्योट गरेको हो ।

    अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले एक वर्षमा जिम्मेवारी सरीआएका सात सय ३८ थान र नयाँ दर्ता एक हजार सात सय ५४ गरी दुई हजार चार सय ९२ मध्ये एक हजार सात सय ४५ थान मुद्धा फछ्र्योट भएको जानकारी दिए। मुद्धा फछ्र्योट हुन बाँकीमध्ये सात सय ४७ थान मुद्धा आगामी आर्थिक वर्ष २०८२÷८३ मा जिम्मेवारी सरेको उनकाे भनाइ छ ।

    जिम्मेवारी सरेका मुद्धामा दुई वर्ष नाघेका मुद्धा नरहेको आचार्यले बताए। त्यस्तै १८ महिना नाघेका मुद्धा १६ थान रहेको उहाँले बताउनुभयो ।

    चालु आर्थिक वर्ष २०८१।८२ मा नयाँ दर्ता अनुमान एक हजार नौ सय १९ गरिएकामा एक हजार सात सय ५४ मुद्धा दर्ता भएका थिए । उक्त अवधिमा अनुमानभन्दा एक सय ६५ थान मुद्धा कम दर्ता भएका थिए ।

    नयाँ दर्ता भएका मुद्धामध्ये दुनियावानी देवानीतर्फ एक हजार दुई सय तीन, दुनियावादी फौजदारीतर्फ दुई सय दुई, सरकारवादी फौजदारीतर्फ तीन सय ३९, रिटतर्फ छ, पुनरावेदन देवानीतर्फ तीन, पुनरावेदन फौजदारीतर्फ एक मुद्धा दर्ता भएका छन् ।

    नयाँ दर्ता मध्ये सबैभन्दा धेरै सम्बन्धविच्छेदका छ सय ६३, अंश सम्बन्धी दुई सय १२, लेनदेनका ७५, जालसाजीका ८७, चेक अनादरका ८५, बैङ्किङ कसुरका ७०, लागुऔषधका ६९, जबरजस्ती करणीका २९, सवारी ज्यानका ३५ थान मुद्धा थिए ।

    फछ्र्योटमध्ये मिलापत्र भएका मुद्धा छ सय ३७ र मेलमिलापको माध्यमबाट ४३ थान रहेको श्रेस्तेदार आचार्यले जानकारी दिए। फैसला कार्यान्वयन तर्फ जिम्मेवारी सरेका निवेदन एक सय सात, यस वर्ष परेका तीन सय गरी चार सय सात कायम भएकामा दुई सय ४१ थान फछ्र्योट भइ एक सय ६६ थान बाँकी रहेको छ ।

    अदालतले दण्ड जरिवानातर्फ असुल उपर गर्नुपर्ने जरिवाना रू ५० करोड ९२ लाख ९८ हजार सात सय, कैदतर्फ तीन सय ५८ वर्ष नौ महिना २८ दिन बाँकी रहेको अदालतले जनाएको छ ।