वडाध्यक्ष केसीद्वारा जन्मदिनमा समावेशी विद्यालयमा खाद्यान्न सहयाेग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    वडाध्यक्ष केसीद्वारा जन्मदिनमा समावेशी विद्यालयमा खाद्यान्न सहयाेग

    खबरपुञ्ज संवाददाता

    १ श्रावण २०८२, बिहीबार

    दमाैली, १ साउन । आँबुखैरेनी गाउँपालिका-३ का वडाध्यक्ष दिनेश केसीले जन्मदिनकाे अवसरमा मित्रता अपाङ्गता समावेशी विद्यालयमा बिहीबार खाद्यान्न सहयाेग गरेका छन् ।

    युवा नेता केसीले आफ्नाे जन्मदिनकाे अवसर पारेर विद्यालयलाई दश हजार बराबरकाे खाद्यान्न सहयाेग गरेका हुन् । जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक काममा लगानी गर्न पाउँदा आत्मसन्तुष्टि मिल्ने केसीले बताए ।

    अपाङ्गता बालबालिकाको शिक्षाका लागि समावेशी विद्यालय सञ्चालनमा ल्याइएको हो । यहाँ २५ जना विद्यार्थी अध्यययनरत छन् ।