दमाैली, ३ साउन । व्यास नगरपालिका-३ स्थित सिर्जना टाेल विकास संस्थाले एसइइ उत्तीर्ण विद्यार्थीलाई बधाइ ज्ञापन गरेकाे छ । संस्थाको शनिबार नियमित बैठक तथा बचत कार्यक्रमकाे अवसर पारी विद्यार्थीलाई बधाइ तथा सम्मान गरिएकाे हाे ।
वडाध्यक्ष अनुप रानाबाट अबिर लगाएर डायरी कलम र अध्यक्ष ठाकुरप्रसाद पौडेलले पुष्प गुच्छा प्रदान गरी विद्यार्थीलाई बधाइ दिएका थिए । त्यस क्रममा टाेलभित्रका मनिष श्रेष्ठ, सफल श्रेष्ठ, सुनिधी श्रेष्ठ, मेहजबिन खातुन, कसीमा खातुन र प्रणव तामाङलाई बधाई तथा सम्मान गरिएको थियो।
सोही कार्यक्रममा नयाँ कार्य समितिबाट मनोनित सल्लाहकार प्रेम कुमार श्रेष्ठ, त्रिभुवन श्रेष्ठ, मंगल प्रसाद श्रेष्ठ, झलक बहादुर श्रेष्ठ र केश कुमारी रानालाई पुष्प गुच्छा र अविर अर्पण गरी सम्मान गरिएको थियो।
उक्त कार्यक्रममा टोलको पच्चीसौं साधारण सभा तथा एघारौं अधिवेशनको खर्च विवरण कोषाध्यक्ष सुक बहादुर तामाङले सार्वजनिक गरी अनुमोदन गरिएको थियो।
टोल अध्यक्ष ठाकुर प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष रानाले अत्यन्तै राम्रो र प्रसंशालायक कार्य गरी विद्यार्थीलाई हौसला बढाउने काम भएकोमा खुशी व्यक्त गरे।
विशिष्ट अतिथि निवर्तमान वडा अध्यक्ष प्रेम कुमार श्रेष्ठ, ठाकुर प्रसाद पौडेल, सिर्जना टोल आमा समूहका उपाध्यक्ष शोभा रानाभाट, बधाई र सम्मान ग्रहण गर्ने विद्यार्थी मेहेजबिन खातुन लगायतले मन्तव्य राखेको उक्त कार्यक्रममा स्वागत मन्तव्य टोलका उपाध्यक्ष कोपिला थापा र सञ्चालन सचिव सरिता श्रेष्ठले गरेका थिए।