एफएमको वार्षिकोत्सवमा रेडियो वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एफएमको वार्षिकोत्सवमा रेडियो वितरण

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    दमाैली, ४ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित रेडियो ढोरवाराही १०३.८ मेगाहर्जले वार्षिकोत्सवको अवसरमा रेडियो वितरण गरेको छ ।

    पन्ध्रौ वार्षिकोत्सवको अवसरमा रेडियो ढोरवाराहीले आइतबार यहाँका चिया पसलमा रेडियो वितरण गरेको हो ।

    वार्षिकोत्सवको अवसर पारेर देशकै नमुना विद्यालय पञ्चमुनीदेव माध्यममिक विद्यालयमा डस्विन वितरण वितरण गरिएको छ । रेडियोका उपाध्यक्ष खेमराज खनाल, प्रसारण उपसमितिका संयोजक ज्ञानप्रसाद भण्डारी लगायत सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा रेडियो तथा डस्विन वितरण गरिएको थियो ।

    स्रोताहरुको संस्था बढाउनुका साथै स्थानीयलाई स्थानीय समाचार र जानकारीहरुबाट सुसुचित बनाउन रेडियो वितरण गरिएको रेडियोका अध्यक्ष कृष्णराज पण्डितले बताए ।

    कोत्रेमा रहेको मोनिका खाजाघरमा रेडियो वितरण गर्दै उपाध्यक्ष खेमराज खनालले समाजमा राजनितिक, सामाजिक तथा आर्थिक चेतना बृद्धि गर्न सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताए । यस्तै प्रसारण उप समितिका संयोजक ज्ञानप्रसाद भण्डारीले रेडियो ढोरबाराहीले स्थानीय क्षेत्रका समाचार, स्थानीय कलाकारहरुको गित सँगितहरुलाई विशेष प्राथमिकता दिदै आएकाले रेडियो वितरण पश्चात मौलिक कला संस्कृतिको विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    सञ्चालकहरुले रेडियो प्रशारण गरेर सहयोग गर्ने र ग्राहकको रुपमा आउने नागरिकहरुलाई समाचार र मनोरञ्जन मार्फत सुसुचित बनाउन भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    विसं २०६८ साउन ४ गते स्थापना भएको यस रेडियोले सूचना, समाचार र मनोरञ्जन प्रदान गर्दै आएको छ । रेडियो तनहुँ सहित स्याङ्जा, कास्की, नवलपरासी, गोरखा र लमजुङ जिल्लामा सुन्न सकिने स्टेशन म्यानेजर अशोक विश्वकर्माले जानकारी दिए ।