निकटस्थ सांसदसँग शेखरले भने- सरकारको विकल्प खोजेको छैन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निकटस्थ सांसदसँग शेखरले भने- सरकारको विकल्प खोजेको छैन

    खबरपुञ्ज संवाददाता

    ४ श्रावण २०८२, आईतवार

    काठमाडौं, ४ साउन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले चरणबद्ध रुपमा भेटघाट गरिरहेका छन् । यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व राष्ट्रपतिलाई भेटेका कोइरालाले आइतबार आफू निकटका नेता र सांसदहरुसँग छलफल गरेका हुन् ।

    आइतबार बिहान दुई चरणमा छलफल भएको उनी निकट नेताहरुले जानकारी गराएका छन् । बिहान बत्तिसपुतलीस्थित अनुपम फूडल्याण्डमा भएको छलफलमा ९ जना थिए भने र दिउँसो १२ जनासँग छुट्टाछुट्टै छलफल गरेका हुन् ।

    पार्टी नेताहरुका अनुसार कतिपय सांसद भने छलफलका लागि बोलाएपनि गएका थिएनन् । बिहानको भेटमा कृषिमन्त्री रामनाथ अधिकारी पनि सहभागी रहेका थिए ।

    अधिकारीले बैठकबाट छिट्टै निस्केको जानकारी गराए । आफू निकटका नेता सांसदहरुसँग छलफल गर्न कोइरालाले सांसदहरुलाई दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बोलाएका थिए ।