उद्यमशील सहकारीद्वारा ऋण असुलीमा शत प्रतिशत प्रगति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्यमशील सहकारीद्वारा ऋण असुलीमा शत प्रतिशत प्रगति

    खबरपुञ्ज संवाददाता

    ५ श्रावण २०८२, सोमबार

    दमौली, ५ साउन । व्यास नगरपालिका-२ स्थित उद्यमशील बचत तथा ऋण सहकारीले स्थापनाकालदेखि हालसम्म ऋण असुलीमा शतप्रतिशत प्रगती गर्न सफल भएको छ । सहकारीले आर्थिक बर्ष ०८१/०८२ को पाँचौं बर्षमा पनि ऋण लगानीको साँवा र व्याज गरी शतप्रतिशत असुली गर्न सफल भएको हो ।

    सहकारीले ४ करोड ५० लाख ऋण लगानी गरिएकोमा शतप्रतिशत असुली गर्न सकिएको सहकारीका अध्यक्ष विकल्प श्रेष्ठले जानकारी दिए । सहकारीको कूल पूँजी ५ करोड ३६ लाख रहेको छ भने शेयर पूँजी २ करोड ७८ लाख रहेको श्रेष्ठले बताए ।

    उनका अनुसार संस्थामा कुल शेयर सदस्य संख्या ३ सय ३७ जना रहेका छन् । सहकारीले हालसम्म ४ करोड रुपैंयाँ ऋण लगानी गरेको र असुलिमा शतप्रतिशत प्रगती हाँसिल गरेको सहकारी संस्थाका ऋण लगानी उपसमिति संयोजक सुरेश अधिकारीले जानकारी दिए ।

    ऋण लागनी शतप्रतिशत कायम गर्न ऋण लगानी उपसमिति सदस्यहरु पवनसिंह कार्की र रवि भुजेल लगायतको समेत साथ र समर्थन रहेको ऋण लगानी उपसमिति संयोजक अधिकारीले बताए । स्थापनाको ५ बर्षसम्म संस्थाले नियमित रुपमा शतप्रतिशत प्रगती हाँसिल गर्दै आउनुमा व्यवस्थापक र कर्मचारीको अथक मेहनतको नजिता रहेको समेत उनले जानकारी दिए ।

    शेयर सदस्यहरुको आफ्नो खाताको रकमको बारेमा मोवाइलबाटै जानकारी पाउन सकिने, उद्यमशील सहकारी संस्थामा आफ्नो खातामा रहेको रकमलाई आफ्नो खाता रहेको जुनसुकै बैंकमा मोवाइलबाटै रकम सारेर मुलुकको जहाँसुकै बैंकबाट समेत रकम झिक्न सकिने सुविधा रहेको उद्यमशील सहकारी संस्थाले जनाएको छ ।

    शेयर सदस्यहरुलाई बढ्दो प्रविधिकरणलाई ध्यानमा राखि क्लाउड वेब बेस्ड सफ्टवेयर, फोन पे, मोबाईल बैंकिङ, एसएमएस बैंकिङ, मोवाईलबाट बचत संकलन, क्युआर स्क्यान मार्फत बचत निक्षेप सुविधा समेत संञ्चालन गरेको सहकारी संस्थाका व्यवस्थापक सन्दिप गुरुङले बताए ।