


दमौली,६ साउन । चर्चित गायिका कला लम्सालको नयाँ गीत सार्वजनिक भएको छ । सधैं जसो तीजको समयमा गीत निकाल्ने गायिका लम्साल यसपटक भने फरक ढंगमा प्रस्तुत भएकी छन् ।
मौलिक, परम्परागत संस्कृतिमा आधारित तीज गीत निकालेर चर्चामा आउने गरेकी उनले अहिले भने फरक तरिकाको गीत निकाल्न लागेकी हुन् । गीतको शिर्षक नै अन्टि लभर राखेपछि दर्शकहरुपनि सुन्न र र्हेर्न आतुर छन् ।
गीतमा गायक आशिष अभिरल र कला लम्सालको स्वर रहेको छ भने शब्द संगित रमेश परियारले दिएका छन् । त्यस्तै मौसम हिमालीले निर्देशन गरेको उक्त गीत स्वयम् गायिका लम्साल र बद्री प्रसाद तिवारीले अभिनय गरेका छन् ।
लम्साल परम्परागत भेषभूषा र मौलिक सस्कृंतिमा रमाउने गायिकाका रुपमा परिचित छिन् । परम्परागत भेषभुषामा सजिएर मौलिक कला, संस्कृतिलाई समेट्नुका साथै चेलिबेटीको यथार्थ चित्रणलाई गीतमा समेट्दै आएकी उनले यो पटक दर्शकलाई फरक स्वाद दिन लागेकी हुन् ।
अन्टि लभर भिन्न खालको गित भएकाले दर्शक पनि सुन्न र हेर्नको लागि आतुर छन् । कला लम्साल युटुब च्यानलबाट सोमबार गीतको रिलिज गरिएको छ । फरक खालको यो गीतले दर्शकलाई मनोरंजन दिनेमा उनी ढुक्क छिन् ।
सोमबार गीत सार्वजनिक गरिएको गायिका लम्सालले बताइन् । उनले भनिन्, ‘ यो पटक फरक खालको गीत लिएर आएको छु । जुन गीत दर्शकले मन पराइदिनुहुन्छ भन्ने बिस्वास छ। हरेक वर्ष मौलिक तीज गीत लिएर आएको भएपनि यसवर्ष स्रोताहरुलाई मनोरंजन दिलाउन फरक शैलीको गीत अन्टि लभर लिएर आएकी हुँ ।’