जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८२, बुधबार

    लमजुङ, ७ साउन । मर्स्याङ्दी गाउँपालिका-८ भुलभुलेस्थित मनाङ होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४८ वर्षीय सन्तबीर तामाङ समेत ७ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय लमजुङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।