भूमि विधेयकमा कांग्रेसको अडान अघि झुक्यो एमाले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भूमि विधेयकमा कांग्रेसको अडान अघि झुक्यो एमाले

    खबरपुञ्ज संवाददाता

    ७ श्रावण २०८२, बुधबार

    काठमाडौँ, ७ साउन । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको ‘फूल हाउस’ मै दफावार छलफल गरी पारित गर्ने अडानबाट सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) पछि हटेको छ ।

    सत्ता साझेदार नेपाली कांग्रेसले विधेयक हतारमा पास गर्न नहुने र दफावार छलफलका लागि समितिमा पठाउने अडान सामु एमाले झुकेको हो । 

    प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिले साउन १५ गतेसम्मको पाक्षिक क्यालेन्डर सार्वजनिक गर्दा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक दफावार छलफलका लागि समितिमा पठाइयोस् वा सदनमा गरियोस् भन्ने वाक्यांश राखिएको छ ।

     यसअघि एमालेले ‘फूल हाउस’ मै गर्नुपर्ने अडान राख्दै आएको थियो । भूमि विधेयक फास्ट ट्र्याकबाट पारित गरिनुपर्ने भनाइ एमालेको रहँदै आएको थियो । 

    सत्ता गठबन्धनमा नै दरार सृजना हुने देखिएपछि एमाले पछि हटेको हो । 

    सरकारले फास्ट ट्रयाकबाट पारित गर्न खोजेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउनु पर्ने माग कांग्रेसको थियो ।

     कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले फास्ट ट्र्याकबाट विधेयक पारित गर्न नमिल्ने बताउँदै आएका छन् ।  (राताेपाटीबाट)