दमौली, ८ साउन । प्लाष्टिक झोला अनुगमनका क्रममा व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई तथानाम गाली गर्ने व्यापारी विरुद्ध मुद्धा दर्ताको तयारी गरिएको छ ।
व्यास नगरपालिका-३ तरकारी लाइन स्थित पिन्टु (काले) तरकारी पसलका सञ्चालक र गाली गलौजमा उत्रिएकालाई बिहीबार नगर प्रहरीले नियन्त्रणमा लिइसकेका छन् । नगर प्रहरीले उक्त पसल बन्द गराएको छ ।
उनीहरुलाई अभद्र व्यवहारमा मुद्धा दर्ता गरिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले खबरपुञ्जलाई जानकारी दिए ।