


दमौली, १० साउन । राप्रपा शुक्लागण्डकी-१० को अध्यक्षमा दिलकुमारी खॉण चयन भएकी छन् । शनिबार भएको वडा भेलाले खॉणको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरेको छ ।
जसअनुसार उपाध्यक्षमा बाबुराम रेग्मी, सचिवमा दीपक खॉण ठकुरी, कोषाध्यक्षमा मनिषा अधिकारी, सहसचिवमा खेमबहादुर थापा चयन भएका छन् ।
से कार्यक्रममा हुम बहादुर खॉण, दिपक खाँण, मनिषा अधिकारी, गुनु चन्द, अजिता खॉण, कल्पना खॉण ठकुरी, सुस्मिता खॉड, देवी खॉण, कल्पना खॉण, दिलकुमारी खॉण लगायत राप्रपामा प्रवेश गरेका छन् । उनीहरुलाई पार्टीका जिल्ला अध्यक्ष विनोद घर्तीले स्वागत गरेका थिए ।