स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया छात्राको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्कुल बसबाट झर्ने क्रममा चक्काले च्यापिएर ५ वर्षीया छात्राको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १२ श्रावण २०८२, सोमबार

    काठमाडौं, १२ साउन । सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–७ मोहनजंगस्थित सडकमा स्कुल बसले च्यापिएर एक विद्यार्थीको मृत्यु भएको छ ।

    ईश्वरपुर नगरपालिका–१ चौलिखास्थित टेमुको एकेडेमी स्कुलको बसको चक्कामा च्यापिएर सोही स्कुलमा अध्ययनरत ५ वर्षीया छात्राको निधन भएको हो ।

    मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका-७ मोहनजंग बस्ने रमेश महतोको छोरी आशिका रहेको प्रहरीले जनाएको छ । बसबाट झर्ने क्रममा बसको पछाडिको चक्काले च्यापिएर उनको टाउकोमा चोट लागेको थियो ।

    तत्कालै उनलाई जीवन नारायण अस्पताल बयलबासमा उपचारका लागि लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो ४ बजेर ४० मिनेटमा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    मृतकको शव पोस्टमार्टमका लागि मलंगवा अस्पतालमा राखिएको छ ।