


दमाैली, १२ साउन । मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज साँझ खसेको सुख्खा पहिराले राजमार्ग अवरुद्ध भएको छ । सडकभन्दा माथिबाट सुख्खा पहिरो खस्दा डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको हो ।
सडकको बीच भागमा ठूला ढुङ्गा खसेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरा हटाएर राजमार्ग सुचारु गराउने प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक अशोक थापाले जानकारी दिए।
प्रहरीले गाेरखाकाे च्याङ्ली हुँदै नयाँपुल निस्कने वैकल्पिक बाटाे प्रयाेगका लागि आग्रह गरेकाे छ ।