


दमाैली, १२ साउन । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्थित नमुना खत्रीटोल नजिक मस्र्याङ्दी नदीमा आज साँझ एक पुरुषको शव फेला परेको छ । अन्दाजी ३५/४० वर्षीय पुरुषको शव नदी किनारमा भेटिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतककाे सनाखत हुन नसकेकाे प्रहरीले जनाएकाे छ ।
घटनास्थलमा पुगेको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धानपछि शवलाई थप प्रक्रियाका लागि दमौली अस्पताल पठाएको छ । शव सडेको अवस्थामा फेला परेकोले केही दिन अगाडि मृत्यु भएको हुन सक्ने अनुमान छ ।