न्यु भिजन युवा क्लवको अध्यक्षमा सन्तोष श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    न्यु भिजन युवा क्लवको अध्यक्षमा सन्तोष श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १३ श्रावण २०८२, मंगलवार

    दमौली, १३ साउन । म्याग्दे गाउँपालिका-२ जामुनेस्थित न्यु भिजन युवा क्लवको अध्यक्षमा सन्तोष श्रेष्ठ चयन भएका छन् । मंगलबार भएको पॉचौ अधिवेशनले नयॉ समिति चयन गरेको हो ।

    जसको उपाध्यक्षमा अमिर श्रेष्ठ, सचिवमा अवजित श्रेष्ठ, सहसचिवमा विधान रानाभाट, कोषाध्यक्षमा विनोद विक, सहकोषाध्यक्षमा रेश्मा श्रेष्ठ र सदस्यहरुमा वर्षा श्रेष्ठ, निरोज श्रेष्ठ, सागर रानाभाट, जमुना शाही, सफलता गौली, देव सुनार र जोशन श्रेष्ठ चयन भएका छन् ।

    यस्तै प्रेस तथा खेलकुद संयोजकमा नवराज शाही, अनुशासन संयोजकमा विशाल श्रेष्ठ, सांस्कृतिक संयोजकमा रजन श्रेष्ठ र सरसफाई संयोजकमा सन्दीप श्रेष्ठ चयन भएका छन् ।