प्रचण्डको भन्दा ओलीको सचिवालयको खर्च कम, प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रचण्डको भन्दा ओलीको सचिवालयको खर्च कम, प्रचण्डको सचिवालयले एकै वर्षमा गरेको थियो ६ करोड खर्च

    खबरपुञ्ज संवाददाता

    १४ श्रावण २०८२, बुधबार

    काठमाडौ, १४ साउन । केपी शर्मा ओलीको भन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले बढी खर्च गरेको देखिएको छ । प्रधानमन्त्रीको कार्यालयले हालै सार्वजनिक तथ्यांकअनुसार ओलीको सचिवालयले प्रचण्डको सचिवालयले भन्दा कम खर्च गरेको हो ।

    तत्कालीन प्रधानमन्त्री प्रचण्डको सचिवालयले आर्थिक वर्ष २०८०/०८१ मा ६ करोड २१ लाख ३५ हजार १२७ रुपैयाँ खर्च गरेको थियो । ओलीको सचिवालयले आर्थिक वर्ष २०८१/०८२ मा ४ करोड १४ लाख ७० हजार ८७३ रुपैयाँ खर्च गरेको छ । उक्त हेर्दा एक वर्षको अवधिमा ओलीको सचिवालयले भन्दा प्रचण्डको सचिवालयले २ करोड ६ लाख ६४ हजार ३५३ रुपैया बढी खर्च गरेको छ ।